+977 01-4025560, +977 01-4025825 [email protected]

आदरणीय अभिभावक ज्यू
नमस्कार,

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण विद्यालयमा उपस्थित भई विद्यार्थी भाइबहिनीद्धारा पठनपाठन लगायतका कार्यमा संलग्न हुन असम्भव रहेको कुरा यहाँहरुलाई विदितै छ । संकटको यस घडीमा विद्यालयले विद्यार्थी भाइवहिनीहरुका लागि Messenger Group, Facebook Group, Zoom App, Microsoft Teams लगायतका विविध दुर शिक्षा प्रणाली मार्फत विद्यार्थीहरुकोे पठनपाठनलाई केही हदसम्म पुरा गरेको कुरा यहाँहरुलाई अवगत नै छ । उल्लेखित माध्यममा सम्पूर्ण विद्यार्थीहरुको पहँुच नपुगेतापनि सबैलाई समेट्न विद्यालय प्रयासरत छ । उक्त प्रविधिको पहुँचभन्दा बाहिर रहनुभएको विद्यार्थी भाइबहिनीहरुलाई यथाशिघ्र सहभागी हुनको लागि हार्दिक अनुरोध गरिन्छ । उल्लेखित माध्यमहरुमा सहभागि हुन नसकेको अवस्थामा पनि विद्यार्थी भाइबहिनीहरुलाई रेडियो, टिभि लगायतका माध्यमहरुबाट पठनपाठनका कार्यमा संलग्न रहन हार्दिक अपिल गरिन्छ ।
यस विषम परिस्थितिमा नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशन अनुसार यहाँका नानीबाबुहरुको नयाँ शैक्षिक सत्रको पूर्व तयारी, पाठ्यक्रम तथा पाठ्यपुस्तक सम्बन्धी जानकारी, नयाँ विद्यार्थीको नाम दर्ता लगायत विविध प्रशासनिक कार्यका लागि विहान १०ः०० बजेदेखि बेलुका ४ः०० बजे सम्म विद्यालय प्रशासन खुल्ला रहने कुर्रा जानकारी गराइन्छ ।

नोटःPABSON द्धारा संचालित विभिन्न टेलिभजिन च्यानल मार्फत संचालित निम्नलिखित कक्षाहरुमा अनिवार्य सहभागि हुन विद्यार्थी भाइवहिनीहरुलाई हार्दिक आग्रह गर्दछौँ ।

प्रिन्सिपल