+977 01-4025560, +977 01-4025825 [email protected]

मितिः २०७७/०२/२९

आदरणीय अभिभावक ज्यू,
नमस्कार,

विषयः जानकारी सम्बन्धमा

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना (Covid-19) का कारण हाम्रो दैनिक जनजीवन निकै नै प्रभावित भएको छ । जसका कारण विभिन्न किसिमका सुरक्षित उपाय अपनाउने क्रममा हाम्रो विद्यालय पनि बन्दको अवस्थामा छ । जसले गर्दा बालबालिकाको विद्यालयमा गई पठनपाठन गर्ने अबस्था छैन । तथापी बालबालिकाको पठनपाठनलाई केही हदसम्म पुरा गर्न Online Class हरु संचालन भइरहेका छन् । यसबाट सबै विद्यार्थीहरुको पहुँच नपुगे पनि सम्पूर्ण विद्यार्थीहरुलाई समेट्न विद्यालयले अथक प्रयास गरिरहेको छ । विभिन्न माध्यम जस्तै Messenger Group, Facebook Group, Zoom App मार्फत विद्यार्थीको सिकाईलाई निरन्तरता दिँदै आइरेको कुरा यहाँहरुलाई अवगत नै छ । नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट असार १ गते देखि लागु हुने गरी दुर शिक्षालाइ्र्र औपचारिकता दिएको सन्दर्भमा उल्लेखित माध्यमहरुलाई झन् व्यवस्थित रुपमा संचालन गर्नको लागि Microsoft सँगको सहकार्यमा Microsoft Teams बाट कक्षाहरु संचालन गर्ने तयारी भइरहेको कुरा जानकारी गराइन्छ । साथै Microsoft Teams को User Id र Password छिटै नै SMS मार्फत अभिभावक समक्ष उपलव्ध गराइने छ ।

यस विषम परिस्थितिमा विद्यार्थीको पढाइलाई सहजीकरण र विद्यार्थीमा स्वअध्ययनको बानीको विकास गराउनको लागि शैक्षिक सत्र २०७७ को पाठ्यपुस्तक यस वर्ष पनि विगतका वर्षहरुमा उपलब्ध गराईने स्टेशनरीबाट वितरण भइरहेको कुरा यहाँहरुसमक्ष जानकारी गराइन्छ ।

प्रिन्सिपल