आदरणीय अभिभावक ज्यू
नमस्कार,
विश्वनै त्रसित हुने गरी फैलिएको कोरोना भाइरस (COVID-19) का कारण हाम्रो दैनिकी निकै प्रभावित हुँदै गइरहेको छ । यस्तो महामारीबाट आफू बच्न र अरुलाई पनि बचाउनु प्रत्येक नागरिकको प्रमुख दायित्व हुन्छ । यस वर्तमान परिस्थितिलाई सामना गर्न उच्च सतर्कता अपनाउँदै नेपाल सरकारले लकडाउनको समयसिमा थप गरेको कुरा यहाँहरुमा अवगत नै छ । त्यसैले सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षकवर्ग, कर्मचारी तथा सम्पूर्ण शुभेच्छकहरुलाई नेपाल सरकारद्धारा निर्देशित सम्पूर्ण नियमहरु पालना गरी सुरक्षित बस्नहुन अनुरोध गरिन्छ ।
यसै सन्दर्भमा यस विद्यालयको नर्सरी देखि कक्षा ९ सम्मको वार्षिक परीक्षाको नतिजा विद्यालयले जारी गरेको सूचना अनुसार २०७६ साल चैत्र २२ गते प्रकाशित गर्ने भनिएकोमा यो विषम परिस्थितिकाका कारण अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको कुरा जानकारी गराउँदै यसबाट सम्पूर्ण अभिभावक तथा विद्यार्थीमा पर्न गएको असर प्रति विद्यालय प्रशासन क्षमाप्रार्थी छ । वर्तमान परिस्थिति सामान्य बन्नासाथ विद्यालयको सम्पूर्ण क्रियाकलापहरु सदाझैँ सुचारु हुने यहाँहरुमा जानकारी गराउँदछु ।
साथै S.E.E. को तयारीमा रहेका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुले आफ्नो अध्ययनमा निरन्तरता दिईराख्न पनि सविनय अनुरोध गरिन्छ ।
प्रिन्सिपल